तपाईँ सुन्दै हुनुहुन्छः

एउटै गाउँपालिकाका शिक्षकले गरे कोरोना कोषमा छ लाख सहयोग

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा म्याग्दीको मङ्गला गाउँपालिकाका शिक्षकले तीन दिनको पारिश्रमिक रु छ लाखभन्दा बढी सहयोग गरेका छन् ।

नेपाल शिक्षक महासङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ र एकीकृत नेपाल राष्ट्रिय शिक्षक सङ्घले संयुक्त पहलमा सङ्घीय सरकारको कोरोना कोष र गाउँपालिकाले स्थापना गरेको आपत्कालीन कोरोना कोषमा गाउँपालिकाभित्रका ४० विद्यालयका २०० शिक्षक, ४७ कर्मचारी र ४४ बालविकास सहजकर्ताले रु छ लाख ३० हजार ९४३ हस्तान्तरण गरेका छन् ।

गाउँपालिकाको कोषमा दुई दिनको तलब रु चार लाख २० हजार ६२९ र सङ्घीय कोषमा रु दुई लाख १० हजार ३१४ जम्मा गरिएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष होमनाथ पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button