तपाईँ सुन्दै हुनुहुन्छः

अछामको ढकारी गाउँपालिकाको गुरुकुल माविमा सिभिल इन्जिनियरिङ पढाई हुने

अछाम  । अछामको ढकारी गाउँपालिकामा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ पढाई हुने भएको छ । ढकारी गाउँपालिका-१ मा रहेको गुरुकुल माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ कक्षा ९ देखि १२ सम्म पढाई हुने विद्यालयले जनाएको छ ।

प्राविधिक शिक्षाका लागि २०७४ देखि नै लागेको र लामो समयपछि अहिले आएर मान्यता पाएपछि पढाई सुरु हुन लागेको ढकारी गाउँपालिकाका अध्यक्ष धन बहादुर बुढाले बताउनुभयो ।

यही शैक्षिक सत्रबाट सञ्चालन हुने प्राविधिक शिक्षा सिभिल ईन्जिनियरिङकाे भर्ना असार १ गते देखि १० गते सम्म रहेको गुरुकुल माध्यमिक विद्यालयका लेखापाल सुरेश बुढाले जानकारी दिनु भएको छ । घर नजिक प्राविधिक शिक्षा पढ्न पाएपछि विद्यार्थी र अभिभावक निकै खुसी भएका छन् ।

कक्षा ९ देखी सञ्चालन हुने ४ बर्से प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) को अनुमतिमा सिभिल इन्जिनियरिङ पढाइ हुने भएको हो । हरेक शैक्षिक सत्रमा ४० जना विद्यार्थीले पढ्न पाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button