तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टिनहरूमा अनाधिकृत प्रवेश निषेध

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले क्वारेन्टिनहरूमा अनाधिकृत रुपमा प्रवेश निषेध गरेको छ ।

कोरोना भाइरस संक्रमणको संवेदनशीलतालाई मध्यनजर गरी क्वारेन्टिनमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र तोकिएका कर्मचारी बाहेक अन्य व्यक्तिले प्रवेश गर्न नपाउने व्यवस्था गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार, पछिल्लो केही समययता क्वारेन्टिन भित्र अनाधिकृत रुपमा प्रवेश गर्ने, घुमफिर गर्ने र राहत वितरण गर्ने जस्ता कार्य हुन थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले त्यस्ता कार्यमा पूर्ण रोक लगाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button