तपाईँ सुन्दै हुनुहुन्छः

हाँगाले लागेर बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज एक बालिकाको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार दुईवर्षीया बालिका आरजु खड्काको स्थानीय कृषि सडक छेउको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

दुर्घटनामा परी मृतक बालिकाका बुबा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button