तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यचौकीलाई जग्गा दान

सप्तरी । सप्तरीको एक विकट गाउँमा नयाँ स्वास्थचौकी भवन बनाउन बोदेबर्साइन नगरपालिका–९ देउरीकी गगीयादेवी साहले सात कठ्ठा जग्गा दान दिनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सुविधासम्पन्न स्वास्थ्यचौकी बनाउने लक्ष्यअनुरुप नयाँ बन्न थालेको भवनका लागि उहाँले निःशुल्क दान गर्नुभएको हो ।

देउरी स्वास्थ्यचौकीको नाममा जग्गा उपलब्ध भएपश्चात सुविधासम्पन्न भवन निर्माण गर्न आज शिलान्याससमेत भएको छ । बोदेबर्साइन नगरपालिकाका नगरप्र्रमुख आतेशकुमारसिंह यादव, वडा नं ९ का वडाध्यक्ष तपसी यादव र जग्गादाता साहले संयुक्तरूपमा भवनको शिलान्यास गर्नुभयो ।

शिलान्यास गर्दै जग्गादाता साहले स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा आम नागरिकको सहज पहुँच होस् भन्ने हेतुले आफूले स्वास्थ्यचौकीलाई निःशुल्क जग्गा प्रदान गरेको बताउनुभयो । चारकोठे स्वास्थ्यचौकी भवन भूकम्प प्रतिरोधात्मक तथा ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री बन्ने बोदेबर्साइन नगरपालिकाका इञ्जीनियर अरबिन्द्रकुमार यादवले बताउनुभयो । उक्त अवसरमा नगरपालिकाले जग्गादाता साहलाई सम्मानसमेत गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button