तपाईँ सुन्दै हुनुहुन्छः

बाँके, बर्दिया र प्युठानमा २४ सङ्क्रमित थपिए

नेपालगन्ज । बाँके, बर्दिया र प्युठानमा आज २४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका पाँच, बर्दियाका -१६ र प्युठानका तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालका अनुसार बाँकेको खजुरा गाउँपालिकाका चार जना  र नेपालगन्ज उपमहानगरपालिकाका एक  जनामा सङ्क्रमण देखिएको छ ।

त्यस्तै बर्दियाको मधुवन नगरपालिकाका १३ जना , राजापुर नगरपालिकाका दुई जना  र बाँसगढी नगरपालिकाका एक जना तथा प्युठानको सरुमारानी गाउँपालिकाका तीन जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button