तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसद्वारा कोभिड १९ अनुगमन समिनि गठन

नेपाली काँग्रेसले सह महामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा कोभिड १९ अनुगमन समिनि गठन गरेको छ ।

काँग्रेस मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक डा. महतले समितिले कोरोना महामारिले पारेको प्रभाव र समस्या समाधानका बारेमा देशभरि अनुगमन गरी प्रतिबेदन तयार पार्ने जानकारी दिनुभयो ।

उहाँले प्रतिपक्षको सुझाबलाइ सरकारले नसुनेको र महामारी नियन्त्रणमा सरकार फितलो हुँदै गएको आरोप पनि लगाउनुभयो ।

डा महतले आइसोलेसन र क्वारेन्टिनको अबस्था सधार्न नसक्नु र परीक्षणको संख्या बढाउन नसक्नु सरकारको मख्य कमजोरी रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button