तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ सरकारद्वारा ४० अर्ब ९० करोडको बजेट प्रस्तुत

विराटनगर । आगामी आर्थिक वर्ष २०७७–०७८ लागी प्रदेश न १ को सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट आज सदनमा प्रस्तुत गरेको छ । प्रदेश न १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङवोले बजेट सदनमा प्रस्तुत गर्नु भएको हो ।

कुल बजेटमध्ये चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६ दशमलव २९ प्रतिशत तथा पूँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख अर्थात ५३ दशमलव ७१ प्रतिशत रहेको छ ।

बजेटले कृृषि स्वास्थ्य शिक्षा, पर्यटन तथा विकास निमाण साथै पुर्वाधार निर्माण कार्यलाई जोड दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button