तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पर्वत । गण्डकी प्रदेशमा आज थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान एक प्रेस विज्ञप्ति प्रकाशित गरेर सङ्क्रमितको सङ्ख्या बढेको जानकारी दिएको हो ।

निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माका अनुसार गोरखा जिल्लाका १० जना, स्याङ्जाका चार जना, नवलपरासी (सुस्ता पूर्व)का दुई जना , बागलुङ र कास्कीका एक/ एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गोरखाको गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९ र २५ वर्षका पुरुष र ३१ वर्षीय एक महिला सङ्क्रमित भएका छन् । गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका पुरुष पनि सङ्क्रमित भएका छन् ।

त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका पुरुष, नवलपरासी सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिकाका १८ वर्षका एक जना पुरुष र मध्य बिन्दु नगरपालिकाका १९ वर्षीय एक जना पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

त्यस्तै गरी कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय एक जना पुरुष र बागलुङको तारा खोला गाउँपालिकाका ३४ वर्षीय एक जना पुरुषलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशक डा. शर्माले जानकारी दिनुभएको छ ।

यससँगै गण्डकी प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय २३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button