तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश : थप १८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २२३ पुग्यो

काठमाडौँ । मंगलबार बिहान गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार आज कोरोना संक्रमण पुष्टिहुनेहरुमा स्याङ्जाका ४, गोरखाका १०, नवलपरासीका २ तथा बागलुङ र कास्कीका एक एक जना रहेका छन् ।

निर्देशनालयका अनुसार सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button