तपाईँ सुन्दै हुनुहुन्छः

आज दिनभर वर्षाको सम्भावना

काठमाडौं । आज देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले यो बर्षा विहीबारसम्म हुने पूर्वानुमान गरेको छ । लगातार वर्षाको सम्भावना रहेको हुँदा नदीमा पानीको वहाव बढ्ने हुँदा सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू(भागमा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको महाशाखाले जानकारी दिएको हो ।

महाशाखाका अनुसार मुलुकका धेरै ठाउँमा सोमबार राति नै वर्षा भइरहेको छ भने आज दिनभर वर्षाको सम्भावना छ । देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button