२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा नदीजन्य वस्तु उत्खनन तथा सङ्कलन बन्द

देवराज सुवेदी २०७७ असार २ गते १२:५०

मेलम्ची । सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्य तीन महिनालाई बन्द गरिएको छ ।

जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले जिल्लाका नदीहरूबाट नदीजन्य पदार्थ उत्खनन नगर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले २०७७ असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन र सङ्कलन कार्य बन्द गरेको जानकारी दिनुभयो ।

वर्षा लागेपछि नदीजन्य पदार्थ झिक्न नपाउने नीति छ । वातावरण बिग्रन नदिनका लागि जिल्ला विकास समिति हुँदा देखि नै वर्षा लागेपछि तीन महिना नदीजन्य पदार्थ उत्खनन बन्द गर्ने गरिएको थियो ।

सम्बन्धित

मौसममा आजदेखि सामान्य सुधार हुने

२ घन्टा अगाडि रेडियो नेपाल

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

२ घन्टा अगाडि रेडियो नेपाल