तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १० मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे चौँरी देउराली गाउँपालिका वडा ४ का २४ वर्षीय रबिन्द्र गौतम रहेका छन् ।

गौतम हेटौँडा १०स्थित टिसीएन रोडमा रहेको विक्रम वर्कसपमा काम गर्दै आएका थिए ।

उनको गए राती काम गर्ने क्रममा करेन्ट लागेर मृत अवस्थामा वर्कशवमै शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायक उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

मृतक गौतमको शव परीक्षणको लागि हेटौँडा अस्पतालमा राखिएको र आवश्यक कानुनी प्रक्रिया भइरहेको प्रवक्ता रानाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button