तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित १७ जनालाई घरमै राखियो

बैतडी । बैतडीमा सोमवार थपिएका २१ जनामध्ये १७ जना घरमै बसिरहेका छन् । संक्रतिम २१ मध्ये ४ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका ती सबै शिवनाथ गाउँपालिकाकाका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

थपिएका मध्ये वडा नं २ का एक महिला सहित ७ जना, वडा नं ४ का ५ जना पुरुष र वडा नं ६ का ५ जना पुरुष घर पठाईएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिनुभयो ।

उनीहरुको २३ गते स्वाब संकलन गरिएको र त्यसपश्चात स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई घर पठाईएको उहाँले बताउनुभयो । संक्रमितमध्ये वडा नं ३ का ४ जना पुरुष मात्रै हाल क्वारेन्टाइनमा रहेका उहाको भनाई छ । उनीहरु श्रीपुर माविको क्वारेन्टाइनमा रहेका स्वास्थ्य शाखा प्रमुख महताले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button