तपाईँ सुन्दै हुनुहुन्छः

स्टक डिलरको अनुमति प्रक्रिया अघि बढाउन पत्राचार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शीघ्र अघि बढाउन पत्राचार गरेको छ । बोर्डले असार १ गते पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।

नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शीघ्र अगाडि बढाउन पत्राचार गरेको बोर्डले जनाएको छ ।

पूँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने नेपाल सरकारको बजेट बक्तव्यमा समेत उल्लेख भएको थियो ।

नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको अवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button