तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ४१ जना कोरोना संक्रमित निको भएर घर फर्के


सल्यान । सल्यानका ४१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । जिल्ला अस्पातल सल्यानको आईसोलेसनबाट ६ जना र सल्यान बहुमुखी क्याम्पसको आईसोलेसनबाट ३५ जना निको भएर घर फर्किएका हुन ।

निको भएर घर फर्कनेमा ३ बर्षिया बालिका देखि ६० बर्ष सम्मका रहेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । १ सय ११ जनाको पिसिआर रिर्पोट जाँच गर्दा ४१ जनाको रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई घर पठाईएको डाक्टर अर्जुन बुढाले बताए ।

निको भएर घर फर्कनेमा दार्मा गाउँपालिकाका ६ जना र बनगाड कुपिण्डे नगरपालिकाका ३५ जना रहेका छन । उनका अनुसार सल्यानमा कोरोना भाईरस संक्रमनबाट निको हुनेको संख्या ५४ पुगेको छ । यस अघि सुर्खेतको कोरोना अस्पतालमा उपचाररत १३ जना निको भएर घर फर्कि सकेका छन् ।

लुहापिङको आइसोलेसन र सल्यान अस्पतालको आइसोलेसनमा ८२ जना विरामी रहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. बुढाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button