तपाईँ सुन्दै हुनुहुन्छः

यार्सा टिप्न पाउनु पर्ने माग


बझाङ । हिमाली क्षेत्रमा पाईने बहुमुल्य यार्सागुम्बा यस बर्ष देशमा भएको लकडाउनका कारण टिप्न बन्द गरेपछि आर्थिक कारोबारमा मन्दी आउने भन्दै उद्योग वाणिज्य संघ बझाङले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । उद्योग बाणिज्य संघका पदाधिकारी सहित यार्साको कारोबार गर्ने स्थानीय ब्यवसायीहरुले गाउँलेहरुलाई यार्सा टिप्न छुट दिनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।

जिल्लाको उत्तरी क्षेत्रका बासिनन्दाहरुको आम्दानीको मुख्य स्रोत मानिने यार्सा टिप्न यो सिजनमा मान्छेहरुको हिमाली क्षेत्रमा गएका हुन्थे । यस बर्ष भने लकडाउनका कारण कोरोना भाईरस फैलन सक्ने भएकाले लकडाउनको पालना गर्दै स्थानीय तहले यार्सा टिप्न पुर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

लकडाउन कहिले खुल्ला र यार्सा टिप्न जाउली भनेर गाउँ घरमा पर्खि बसेका गाउँलेहरु लुकिछिपी हिमाल तिर जान थालेको जानकारी भएपछि सदरमुकामबाट सुरक्षाकर्मीहरु पनि नाका नाकामा खटिएका छन् । यार्सा टिप्नका लागी मान्छेहरुको निकै हतार भई सक्यो उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले भने गाउँलेहरुको समस्या देखेर यार्सा टिप्न पाउँनु पर्छ भनेर पहल गरेको हो । यार्सा टिप्नका लागी यो सिजनमा साईपाल , सुर्मा , छबिसपाथीभेरा, तल्कोट गाउँपालिका र बुंगल नगरपालिकाका हाजारौ मान्छेहरु यार्सा टिप्न जाने गर्थे ।

लकडाउन खुकुलो भई उद्योगदेखि डिपार्टमेन्टल स्टोरसम्म खुला भएको अवस्थामा यार्सा तथा जडिबुडी संकलनका लागी वन क्षेत्र खुला गर्नु पर्ने माग गरेको छ । बझाङको ५० प्रतिशत आर्थिक भार जडिबुडीले धानेको छ । बझाङमा पाइने बहुमुल्य जडीबुडी, यार्सागुम्बा, वन लसुन, चिराईतो, कटुकी, सतुवा रातोच्याउ, भोजपत्र, दालचिनी लगायतका जडिबुडी संकलनबाट आफ्नो गुजरा चलाउदै आएका स्थानीयहरु पनि लकडाउन खुकुलो भए संगै यार्सा टिप्नलाई पनि सरकारले छुट गरिदिनु पर्ने माग गर्दै आएका छन ।

यार्सा संकलन गरि बिक्री गरेर जिबिकोपार्जन गर्दै आएका स्थानीयबासीलाई भने यो बर्ष कोरोनाका कारण जडिबुटी संकलन गर्न बन्द भई भारतमा समेत रोजगारी गर्ने अबस्था नरहे पछि कसरी खर्चको जोहो गर्ने भन्ने स्थानीयलाई चिन्ता छ ।

बहुमुल्य जिवन बुटी मानिने यार्सा हिमालमा त्यसै खेर जाने भएकाले सामाजिक दुरी कायम गरि प्रभावित क्षेत्रका बासिन्दाहरुलाई यार्सा टिप्न दिनु पर्ने सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले भनाइ छ । बार्षिक रुपमा जिल्लामा झण्डै चार क्युन्टल जती यार्सा संकलन हुने यस जिल्लामा ४५ करोड रकम जिल्लामा भित्रिन्छ भने झण्डै एक करोड राजस्व संकलन हुने गरेको थियो । यस बर्षमा हिउदे झरि धेरै भई हिमपात धेरै भएको हुँदा हिमालमा यार्सा बढी उत्पादन हुने भन्दै स्थानीयहरु यार्सा टिप्न जान आतुर भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button