तपाईँ सुन्दै हुनुहुन्छः

सिमलको काठ सहित एक जना पक्राउ

बारा । सिमलको काठ ट्रयाकटरमा लोड गरि लग्दै गरेको अवस्थामा बाराको मटिअर्वाबट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.१२ बस्ने बर्ष ४५ का ट्रेक्टर चालक शिव शंकर धानुक रहेका छन् ।

विशेष सुराकीको आधारमा प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको गस्ती टोलीले मटिअर्वा सड्कखण्डबाट ७० क्युफिट सिमलको काठसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा सडकबाट ना ७ त ३४७३ नम्बरको ट्रेक्टरमा लोड गरी ल्याईरहेको अवस्थामा तीन थान सिमलको काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

सिमल जातको गोलिया काठ, ट्याक्टर र मानिसलाई आवश्यक कारवाहीको लागि सव डिभिजन कार्यालय कलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button