तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धबाबामा जिप दुर्घटना ६ जना घाइते

पाल्पा । बुटवल तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रको भीरबाट जिप खस्दा ६ जना घाइते भएका छन् । डबल क्याप जीप सडकबाट १ सय ५० मीटर तल तिनाउ खोलामा खसेको थियो ।

दुर्घटनामा परि घाईते हुनेहरुमा चालक दयाराज पाण्डे, नन्दलाल बस्याल, कृष्ण बस्याल, बालकृष्ण बस्याल, शिब पाण्डे र बिनोद बस्याल रहेका छन । घाइतेहरू सबै पाल्पा तिनाउ गाउँपालिका ३ दोभानका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर छ । घाईतहरुको उपचारका लागि बुटवल पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button