तपाईँ सुन्दै हुनुहुन्छः

भीम अस्पतालबाट २६ जना कोरोना संक्रमित डिस्चार्ज

भैरहवा । रुपन्देहीको जिल्लाको कोरोना विशेष भीम अस्पतालबाट २६ जना बिरामी डिस्चार्ज भई घर गएका छन् ।

जेठ १९ र २० गते आइसोलेशन वार्डमा भर्ना भएका २७ जना मध्ये २६ जना कोरोना संक्रमितलाई मंगलबार डिस्चार्ज गरि घर पठाइएको भीम अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताए ।

१४ दिन आइसोलेसनमा बसेका २७ जनामध्ये एकजना बाहेक अन्य विरामीहरुमा कोरोना (कोभिड–१९) सम्बन्धि लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको उपाध्यायले जानकारी दिए । एक जनामा अझै ज्वरो देखिएकोले डिस्चार्ज गर्न नसकिएको उनले बताए । अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालका अनुसार अस्पतालका अनुसार डिस्चार्ज हुनेहरु १९ वर्षदेखि ७० वर्ष उमेरका छन् ।

डिस्चार्ज हुनेहरुमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षिय महिला, ४१ र ४३ वर्षिय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षिय महिला र ४२ वर्षिय पुरुष, मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षिय पुरुष रहेका छन् ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षिय महिला, बुद्धभुमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षिय पुरुष, शिवराज नगरपालिकाका २४ वर्षिय महिला, नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावलका गाउँपालिका २६ वर्षिय पुरुष रहेका छन् । डिस्चार्ज भएकालाई मंगलबार अस्पतालले विदाइ गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button