२०७८ साल वैशाख २७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

पिसिआर परिक्षण नेगेटिभ आएमात्रै सक्रमितलाई घर पठाईने मुख्य मन्त्री गुरुङको दावी

कला राना २०७७ असार २ गते १९:०३

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस कोभिड १९ का सबै सङ्क्रमितलाई संक्रमण मुक्त बनाएर मात्र घर पठाउने बताउनुभएको छ ।

मुख्यमन्त्री गुरुङले विश्व स्वास्थ्य संगठन, नेपाल सरकारले कोरोना संक्रमण भएपनि लक्षण नदेखिएकालाई १४ दिनपछि परीक्षण विना घर पठाउने भनिएपनि प्रदेशका सबै सङ्क्रमितको पिसिआर परीक्षण गरी संक्रमण मुक्त भएपछि मात्र घर पठाउने बताउनुभएको हो ।

गण्डकी प्रदेशमा सबैभन्दा धेरै ५१ जना कोरोना भाइरसबाट संक्रमितको उपचार भइरहेको स्याङ्जाको कालिका सामुदायिक अस्पतालको आइसोलेसन र समुदाय स्तरमा कोरोना संक्रमित देखिएको गल्याङको अनुगमन गर्न आउनु भएका मुख्यमन्त्री गुरुङले परीक्षण विना घर पठाउँदा त्रास र जोखिम बढ्ने भएकाले सबैको परीक्षण गर्ने प्रबन्ध गरेको बताउनुभयो ।

स्याङ्जामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कालिका समुदायिक अस्पताललाई आइसोलेसन अस्पतालको रुपमा विकास गरिएको जानकारी दिदै मुख्यमन्त्री गुरुङले भारतबाट आएकालाई राख्न क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन अस्पताल निर्माणमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।

प्रदेश सरकारले बाहिरबाट आउन सक्ने मानिसहरुको आँकलन गरी सबै व्यवस्थापकीय काम गरेको भन्दै मुख्यमन्त्री गुरुङले कोरोना संक्रमण फैलिन नदिन र संक्रमितलाई संक्रमणमुक्त बनाउँनु प्रमुख दायीत्व भएको बताउनुभयो ।

सम्बन्धित

महामारीमा पनि घटेन लैङ्गिक हिंसा   

५ घन्टा अगाडि कालिका खड्का

कोहलपुर आईपुग्यो ‘अक्सिजन लिक्विड’

५ घन्टा अगाडि गुरमुरत यादव