तपाईँ सुन्दै हुनुहुन्छः

कृषि यन्त्र पाएपछी कृषकहरु उत्साहित

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले खनजोत गर्न कृषियन्त्र पावर ट्रिलर उपलब्ध गराएपछि कृषकहरु उत्साहित भएका छन ।

उपमहानगर परिसरमा प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले ११ वटा पावर ट्रिलर कृषिसमूह र उद्यमी कृषकलाई मिनि पावर ट्रिलर हस्तान्तरण हस्तान्तरण गर्नुभयो ।

मिनि पावर ट्रिलर प्राप्त भएपछि अव खेतिपातीमा धेरै सजिलो हुने इटहरी १५ की तरकारी खेति गर्ने कृषक शर्मिला चौधरीले बताउनुभयो । उहाँले खुशी हुदै भन्नुभयो गोरुले जोतेर आफै खनजोत गरेर तरकारी खेति लगाउदै आएकी थिएँ नगरपालिकाले ठूलो गुन लगायो अव सजिलो भयो ।

इटहरी उपमहानगरले इटहरीलाई कृर्षीमा आत्मनिर्भर वनाउन विभिन्न कार्यक्रम र अनुदानमा विभिन्न कृषि सम्वन्धी समाग्री वितरण गर्दै आएको इटहरी उपमहानगरको ७५ प्रतिशत लगानीमा मिनि पावर ट्रिलर वितरण गरिएका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button