२०७८ साल जेठ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा एकै दिन १९१ जनाले कोरोना जिते

रेडियो नेपाल २०७७ असार २ गते २०:३१

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई आज १९१ जना घर फर्केका छन् ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख जिल्ला अस्पतालबाट १२०, दुल्लू अस्पतालबाट २७, सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट ३ गरी १९१ जना डिस्चार्ज भएका हुन् ।

कर्णालीमा हालसम्म कोरोना सङ्क्रमित ३४२ जना निको भई घर फर्केका छन् । स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले कोरोना सङ्क्रमण जितेर घर जानेको क्रम अझैं बढ्ने बताउनुभयो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा दैलेखका ५ र सुर्खेतका ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसंगै कर्णालीमा कूल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ भने तीन जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ ।
रासस

सम्बन्धित

खैरहनीबाट १ लाख ७८ हजार नगदसहित ७ जुवाडे पक्राउ 

८ घन्टा अगाडि सूर्यप्रसाद अधिकारी