तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या २९ पुग्यो

पर्वत । पर्वतमा आज थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतबाट आई पर्वतको कुश्मास्थित क्वारेनटाइनमा बस्दै आएका फलेवास नगरपालिकाका दुई जना पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले जानकारी दिनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको स्वाब परीक्षणमा थप तीन जनामा सङ्क्रमण पुष्टि भएको डा. देवकोटाले जानकारी दिनुभएको छ ।

सङ्क्रमित हुनेमा फलेवास नगरपालिका–११ पाङराङका दुई जना पुरुष र फलेवास नगरपालिका–९ भंगाराका एक महिला रहेको डा. देवकोटाले जानकारी दिनुभयो ।

पर्वतमा योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button