तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण

चितवन । भरतपुरको (कोभिड–१९)प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

प्रयोगशालामा असार २ गते गरिएको परीक्षणमा दुई सय ५२ जनाको नतिजा नेगेटिभ आए पनि तीन जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो ।

सङ्क्रमित सबै जना अर्घाखाँची जिल्लाका रहेको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार अर्घाखाँची भुमिकास्थानका १८ र २७ वर्षीय युवक तथा अर्घाखाँची कै मालारानीका १९ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button