तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित ढकालवारीमा शनिवार पहिरोमा पुरिएका १३ वर्षिय जेनिस विकको शव आज बिहान फेला परेको छ ।

पाँच दिनदेखि बेपत्ता रहेका उनको आज बिहान शव भेटिएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

आज शव भेटिएका बालक जेनिसका आमा ३० वर्षिय कमला विक र उनकी बहिनी ८ वर्षिय प्रमिसा विकको भने आइतबार शव भेटिएको थियो ।

छिमेकी तुलबहादुर थापा, मीनाकुमारी थापा र बिबिसा थापाको शनिवार राती नै शव भेटिएको थियो भने दिर्पा थापा, बिबेक थापा र सम्राट थापाको आइतबार शव भेटिएको थियो ।

योसँगै पहिरोमा पुरिएका नौ जनाको शव फेला परेको छ । आठ जनाको शव सोमबार अन्त्येष्टि गरिसकिएको छ ।  पहिरो गएको क्षेत्रमा अन्य २० घर पनि जोखिममा रहेका वडाध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button