तपाईँ सुन्दै हुनुहुन्छः

मध्यभोटेकोशीर्मा घाइते भएका चाइनिज नागरिकको मृत्यु

मेलम्ची । मध्य भोटेकोशीमा स्टोरकिपर काम गर्ने एक चाइनिज नागरिकको मृत्यु भएको छ ।

बाह्रविसे नगरपालिका जम्बो स्थित मध्य भोटकोशी हाईड्रोपावर कम्पनिको चाईनिज ठेकेदार कम्पनि ग्वाङ्सि हाईड्रो ईलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोको १२ नं साईडमा काम गर्ने २९ वर्षीय चाइनिज नागरिक छिको मृत्यु भएको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बनेपाबाट लिएर आएको ग्याँस अनलोड गरी स्टोर गर्ने क्रममा ग्याँस झरेर ग्यासँको टुप्पा खसेर लिग भएपछि अनियन्त्रीत भई सो सिलिण्डर घुम्दा छेउमा रहेका छिलाई लाग्न जाँदा घाइते भएका थिए ।

उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको धुलिखेल अस्पतालमा नै मृत्यु भएको हो ।

हेलम्बुमा लडेर एकको मृत्यु

हेलम्बु गाउँपालिका १ हल्देवेशीमा लडेर एकजनाको मृत्यु भएको छ ।

तिम्बुका ६० वर्षीय चेते सुनारको खेतमा काम गरि फर्कने क्रममा दोङदीङ खोलामा लडी मृत्यु भएको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय हेलम्बुको टोली गई मुचुल्का तयार गरि प्रारम्भिक अनुसन्धान गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button