तपाईँ सुन्दै हुनुहुन्छः

ढुङ्गा लागेर महिलाको मृत्यु

दार्चुला । दार्चुला तिंकर सडक खण्डको श्रीवगड क्षेत्रमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ ।

दुहु गाउँपालिका वडा नम्बर २ हिकिलाका ३६ वर्षीय कलावती बडालको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

बुधवार बिहान घरबाट सदरमुकाम खलंगा आउने क्रममा श्रीवडमा भीरबाट आएको ढुंगा लागेर महिलाको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।

मृतकको शवलाई पोष्टमार्टको लागि सदरमुकाम खलंगा ल्याइएको प्रहरीले जनाएको छ । मृतक महिलाका २ छोरा र २ छोरी रहेका छन् भने श्रीमान्को पनि गत वर्ष त्यही ठाउँमा जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button