तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारलाई सेवाबाट निष्काशन नगर्न आग्रह    

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन नगर्न सञ्चार गृहहरुलाइ आग्रह गरेको छ ।

कोभिड–१९को कारण देखाउँदै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण बन्न नदिने र राजिनामा दिन दबाब दिने जस्ता कार्य जारी राखेकाले त्यसका विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको महासंघको विज्ञप्तिमा जनाइएको छ ।

एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासङ्घले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button