तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी भन्दै व्यापारीसँग पैसा असुल गर्ने पक्राउ 

सुनसरी । आफू घुमुवा प्रहरी हो भन्दै स्थानीय व्यापारीसँग पैसा असुल गर्ने क्रममा सुनसरीबाट १ जना नक्कली प्रहरी पक्राउ परेका छन् ।

सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका २ रामनगरभुटाहा सड्क खण्डमा मंगलबार स्थानीय व्यापारीहरुलाई म घुमुवा प्रहरी हुँ भनि प्रहरीको वदनाम गरी डर त्रास देखाइ गैह्र कानूनी तवरले रकम असुली गरीरहेको १ युवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरीले पक्राउ गरेको हो ।

नक्कली प्रहरीको गुनासो आएपछि प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउपालिका वडा नम्वर ५ का २३ वर्षिय असरार अहमद मियाँलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका अहमद मियाँलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार ११८ अन्तरगत अभद्र व्यवहार मुद्धामा ५ दिन म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button