तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना अपडेट : गण्डकी प्रदेशमा आज बिहानै ७७ जना थपिए

पर्वत । गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज बिहान थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान तीन पटक अलग अलग प्रेश विज्ञप्ती प्रकाशित गरेर कोरोना संक्रमित बढेको जानकारी दिएको हो ।

निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार आज नवलपरासीमा ३१ जना, तनहुँमा १५ जना, गोरखामा ११ जना, स्याङजा र पर्वतमा नौ÷नौ जना, बागलुङमा एक जना र मनाङमा एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । पर्वतमा आईसोलेसनमा रहेका एक जना पुरुषको दोस्रो परिक्षणमा पनि कोरोना संक्रमण नै देखिएको निर्देशक शर्माले जानकारी दिनुभयो ।

अहिलेसम्म सुरक्षित रहेको मनाङमा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तु जिल्लाको वाणगंगा १४ स्थायी ठेगाना भई चामे गाउँपालिकामा कार्यरत एक कर्मचारी संक्रमित भएको स्वास्थ्य निर्देशक शर्माले बताउनुभयो । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३२४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button