तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालको आईसियुमा उपचार भइरहेका कोरोना संक्रमित कैलालीको गोदावरी नगरपालिका निवासी ४६ बर्षिय एक पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य अवस्था जटिल बन्दैगएपछि आईसियुमा राखेर उपचार भईरहेका ती पुरुषको गएराती मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।

‘स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागी काठमाण्डौ पठाउन ऐर एम्बुलेन्सको ब्यस्थापन भईरहेको थियो, चिकित्सकको पुरै टोली बचाउन लागिपरेको थियो, त्यही अवस्थामा उनको मृत्यु भयो’ श्रेष्ठले बताउनुभयो ।

गत शनिवार कोरोना संक्रमण पुष्टी भएका ती पुरुष यातायात ब्यवसायी भएको खुलेको छ । शव ब्यवस्थापनको काम नेपाली सेनाको टोली गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कैलालीमा यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि धनगढी ४ की एक महिलामा मृत्यु पछि कोरोना संक्रमण पुष्टी भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button