तपाईँ सुन्दै हुनुहुन्छः

भ्याकुर खाँदा पश्चिम दाङमा एक जनाको मृत्यु

तुलसीपुर । पश्चिम दाङमा भ्याकुर खादा एक जनाको मृत्यु भएको छ भने दुई जना बिमारी परेका छन् ।

मृत्यु हुनेमा बबई गाउँपालिका ४– सुन्दरखाल निवासी ७७ वर्षका पदम बहादुर रोका रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

घरनजिकै रहेको खर बारीबाट ल्याएको भ्याकुर पोलेर खाए लगत्तै बेहोस भएका रोकाको स्थानीय सिस्ने मेडिकलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यसैगरि भ्याकुर खाएर बिमारी परेका मृतककी नातिनी १४ वर्षकी मनीषा रोका र ८ वर्षका मनोज रोका दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button