तपाईँ सुन्दै हुनुहुन्छः

सडक बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा तुलसीपुरमा एक जना गम्भीर घाइते

तुलसीपुर । सडक बत्ती जोड्ने क्रममा करेन्ट लागेर तुलसीपुरमा एक जना गम्भीर घाइते भएका छन् ।

बाहिनी चोकमा रहेको विद्युत्को पोलमा सडक बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा खसेर तुलसीपुर उपमहानगरपालिका–१५ कुरहरे निवासी २४ वर्षका विशेष चौधरी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते चौधरीको राप्ती लाइफ कियर हस्पिटल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ नम्बर वडा कार्यालयले सहर उज्यालो बनाऊ सडक बत्ती जोड्न सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button