२०७८ साल वैशाख २७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका आठ स्थानीय तहमा फैलियो कोरोना भाइरसको सङ्क्रमण

दिपक शर्मा २०७७ असार ४ गते १४:२०

सल्यान । सल्यानका १० स्थानीय तह मध्ये आठ तहमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । बुधवार एकै पटक चार पालिकामा सङ्क्रमण देखिएसँगै सल्यानका आठ पालिकामा सङ्क्रमण फैलिएको हो ।

बुधवार २५ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएसँगै सल्यानमा सङ्क्रमितको सख्ंया एक सय ६२ पुगेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिका बाहेक आठ तहमा कोरोना फैलिएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताउनुभयो ।

कार्यालयका अनुसार बुधवारसम्म बनगाड कुपिण्डे नगरपालिकामा एक सय २४, बागचौर नगरपालिकामा नौ, कुमाख गाउँपालिकामा नौ, सिद्ध कुमाख गाउँपालिकामा तीन जना रहको छन् ।

यस्तै त्रिवेणी गाउँपालिकामा पाँच, कपुरकोट गाउँपालिकामा एक, कालीमाटी गाउँपालिकामा दुई र दार्मा गाउँपालिकामा नौ जना सङ्क्रमित भएको पुष्टि भएको छ ।

जिल्लामा सङ्क्रमित एक सय ६२ मध्ये ५४ जना सङ्क्रमण मुक्त भई डिस्चार्ज भएको र एक सय आठ जनाको सल्यान अस्पताल, लुहापिङ आइसोलेसन र मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको डा. बुढाले बताउनुभयो ।

सल्यानमा हालसम्म तीन हजार छ सय ६२ जनाको स्वाब सङ्कलन भएकोमा दुई हजार पाँच सय ३२ जनाको रिर्पोट नेगेटिभ आएको र एक सय ६२ जनाको पोजेटिभ आएको कार्यालयले जनाएको छ ।

अब नौ सय ६८ जनाको रिर्पोट आउन बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित

महामारीमा पनि घटेन लैङ्गिक हिंसा   

६ घन्टा अगाडि कालिका खड्का

कोहलपुर आईपुग्यो ‘अक्सिजन लिक्विड’

७ घन्टा अगाडि गुरमुरत यादव