२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

कारागारबाट फरार बन्दी पक्राउ

सरोज विश्वकर्मा २०७७ असार ४ गते १७:१८


लमजुङ । लमजुङ कारागारबाट फरार कैदीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । विगत साढे ७ वर्ष देखि कर्तव्य ज्यान मुद्दामा कैद भोग्दै आएका २७ वर्षीय दिनेश परियार बुधबार अपरान्ह कारागारबाट भागेका थिए ।

फरार रहेका उनलाई प्रहरी टोलीले बेंसीसहर नगरपालिका–२ भकुण्डेमुनी मस्र्याङदी नदी किनारबाट विहिवार विहान ५ वजेतिर पक्राउ गरेको हो । कारागारका जेलर विष्णुप्रसाद पौडेलका अनुसार भाग्नुअघि कारागार भित्र र बाहिर पटक ओहोरदोहोर गरेको कारागारमा रहेको सिसि क्यामरमा देखिएको थियो ।

लमजुङकै राईनास–१०, कोके गाउँका २७ वर्षिय परियारलाई जिल्ला अदालत लमजुङले २०६९ चैत १५ गते २० वर्ष कैद फैसला गरेको थियो ।

कारागारमा २ पटकसम्म नाइके भएका उनलाई कारागारले गत वर्ष जेठ १९ गते चौकीदारको जिम्मा दिएको थियो । चौकीदार भएपछि १ कोस टाढासम्म जान आउन पाउने अधिकार भएकाले सुरुमा उनी माथि शंका गरिएको थिएन । उनी सम्पर्कमा नआएपछि प्रहरीले उनको खोजी थालेको थियो । लमजुङ कारागारमा हाल गरेर ७३ जना कैदीबन्दी रहेकाछन् । जमा ६६ जना पुरुष र ७ जना महिला छन् ।

सम्बन्धित

भीमेश्वरको सिलामा पसिना

६ मिनेट अगाडि चिरञ्जीवी मास्के