तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुर बजार १२ बजेपछि बन्द गर्ने निर्णय


तुलसीपुर । अत्यावश्यक सेवा बाहेक भोली देखि तुलसीपुर बजार १२ बजे पछि बन्द गरिने भएको छ । तुलसीपुर उपमहागनरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले तुलसीपुर बजार विहान ६ बजेदेखि दिउसो १२ बजेसम्म मात्र बजार खोल्ने र त्यसपछि बन्द गर्ने निर्णय गरेको प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिएका छन् ।

बेलुकी पाँच बजेसम्म भने कृषी, भेटनरी, औषधी पसल, मेडिकल भने खुल्ला रहने छन् । यो निर्णय संगै तुलसीपुर बजारमा अब अर्को व्यवस्था नभए सम्मका लागि प्रत्येक दिन दिउसो १२ बजेसम्म बजार खुल्ने र त्यसपछि बन्द हुने छ । यो बाहेकका अन्य निर्णयहरु भने यथावत रहनेछन् । बैठककमा स्थानीय प्रशासन, तुलसीपुर उद्योग बाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्स, विभिन्न व्यवसायीक संगठन लगाएतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button