तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका थप २५ जनामा कोरोना संक्रमण पुष्टी


बैतडी । बैतडीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टाइनमा बसी आरडीटी रिपोट पोजेटिभ देखिएकाहरुको पीसीआर रिपोट पनि पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

आज थपिएका संक्रमित मध्ये दशरथचन्द नगरपालिकाका १० जना, सिगास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जना रहेका छन् । नयाँ संक्रमित २५ जना मध्ये २ जना महिला र २३ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button