तपाईँ सुन्दै हुनुहुन्छः

१७ जना कोरोना भाइरसमूक्त भएर घर फर्किए


रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाको आइसोलेसनमा रहेका १७ जना कोरोना भाइरसमूक्त भएर घर फर्किएका छन् ।

नगरपालिकाका स्वास्थ्य प्रमुख हेमराज पन्थीले कोरोना संक्रमण देखिएका तर कुनै लक्षण नभएकालाई आइसोलेसनमा गरिएको परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताउनुभयो । सरकारले पीसीआर नेगेटिभ आएमा १५ दिन कटाएर पठाउनसक्ने निर्देशिका बनाएअनुसार उनीहरुलाई डिस्चार्ज गरिएको पन्थीले बताउनुभयो ।

सैनामैनाले आइसोलेसनमा १७ दिन बसालेर अबको एक हप्ता घरमा सामाजिक दूरीसहित बस्ने सर्तमा उनीहरुलाई डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेहरु १८ देखि ५० वर्ष उमेरसमूहका पुरुष हुन् । सबै भारतको दिल्ली, मुम्बईलगायतका सहरबाट आएका हुन् । उनीहरु यसअघि ७ देखि १५ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि भएपछि बनकट्टामा रहेको चक्रपाणी योग तथा प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेसन सेन्टरमा राखिएको थियो ।

अब आइसोलेसनमा ७ जना संक्रमित छन् । बुटवल उपमहानगरपालिकासंग सीमा जोडिएको सैनामैनामा अहिलेसम्म ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button