तपाईँ सुन्दै हुनुहुन्छः

४ प्रशिक्षकलाई एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त


काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापासहित ४ प्रशिक्षकले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गरेका छन् ।

‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गर्नेमा अनन्तसँगै चेतन घिमिरे, सल्यान खड्गाी र युगल किशोर राई रहेका छन् । चेतन पुलिसमा आबद्ध छन् भने सल्याण ए डिभिजन क्लब संकटा र युगल किशोेर बी डिभिजन क्लब बासबारीका प्रशिक्षक हुन् ।

यस्तै चुन बहादुर थापा र बसन्त गौचन थकालीले एएफसी प्रो ए लाइसेन्स प्राप्त गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । चुनबहादुर त्रिभुवन आर्मीको प्रशिक्षक र व्यवस्थापक दुवै भूमिका निर्वाह गर्दै आएका छने भने एक दशक यता जापानमा रहँदै आएका बसन्त त्यहाँ एक फुटबल एकेडेमीका प्रशिक्षकका रुपमा कार्यरत छन् । बसन्त र चुनले पुनः लिखित दिनुपर्ने छ । कोचिङ कोर्स मोडल १ र मोडल २ को आधारमा भएको थियो ।

एएफसीले गत २०१९ डिसेम्वर १ देखि ८ मार्च २०२० सम्म काठमाडौंमा भएको कोचिङ कोर्सको नतिजा सार्वजनिक गरेको हो । कोचिङ कोर्समा नेपालभरका २३ भन्दा बढीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button