तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप ४६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितकाे सङ्ख्या १५४ पुग्यो

धनगढी  । पछिल्लो चौबिस घण्टामा ४६ जना कोरोना सङ्क्रमित थपिएसँगै कैलालीमा कोरोना सङ्क्रमितकाे सङ्ख्या १५४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र सेती प्रादेशिक अस्पतालको प्रयाेगशालमा गरिएको परीक्षणमा कैलालीका ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो ।

यस्तै कैलालीमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका-२ की ४३ वर्षीय महिला र धनगढी उपमहानगरपालिका – ४ की ५५ बर्षिया अर्की महिला रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button