तपाईँ सुन्दै हुनुहुन्छः

पर्याप्त तरलता रहेको नेपाल राष्ट्र बैकको भनाई


काठमाडौं । नेपाल राष्ट्र बैकले कर्जा प्रवाहका लागि बैक तथा वित्तीय संस्थामा पर्याप्त मात्रामा तरलता रहेको जनाएको छ ।

राष्ट्र बैकका अनुसार लकडाउनको समयमा पनि १ सय ५७ अर्व रुपियाँ भन्दा बढी निक्षेप संकलन भएको र कर्जा प्रवाहमा केही सिथिलता आएपनि कर्जा असुलीमा भने उल्लेख्य प्रगति भएको छ ।

रेडियो नेपालसँग कुराकानी गर्नुहुँदै नेपाल राष्ट्र बैकका प्रवक्ता डा. गुणाकर भट्टले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गरी अर्थतन्त्रलाई चलायमान गराउदै कर्जा प्रवाहलाई थप सहज बनाइने बताउनुभयो ।

लकडाउनको झण्डै तीन महिनाको अवधिमा १ सय ५७ अर्व रुपियाँ भन्दा बढी निक्षेप संकलन भएर बैक तथा वित्तीय संस्थाको कुल निक्षेप ३६ खर्व रुपियाँ भन्दा बढी पुगेको राष्ट्र बैकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button