तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका पाँच जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए

पाल्पा । पाल्पामा कोरोना सङ्क्रमण देखिएका पाँच जना निको भएर घर फर्किएका छन् ।

तानसेनको मिसन अस्पतालले तयार गरेको वृद्धाश्रमको आइसोलेसनमा रहेका तीन जना र लुम्बिनी मेडिकल कलेजको कोरोना सेन्टरमा रहेका दुई जना गरी पाँच जना निको भएर घर फर्किएका हुन् ।

उनीहरूको सबैको दोस्रो पटकसम्म पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका छन् ।

उनीहरूमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको र अवस्था सामान्य रहेपछि घर पठाइएको अस्पतालहरूले जनाएका छन् ।

उनीहरू सबैलाई घरमा गएर एक हप्ता होम क्वारेनटाइनमा बस्न र कुनै समस्या भएमा अस्पतालमा आउन सुझावसहित पठाइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button