तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज पथलैया व्यापारिक राजमार्गको काम सुस्त गतिमा


बारा । वीरगंज पथलैया व्यापारिक राजमार्गको काम ठेक्कदार कम्पनीको लापरबाहीको कारण सुस्त गतिमा अगाडि बढीरहेको छ । २०७३ सालबाट काम सुरु गरेको व्यापारिक राजमार्ग आयोजनाले ठेक्कदार कम्पनीको लापरबाहीको कारणले चाहे जस्तो गरी काम अगाडि बढाउन नसकिएको आयोजनाका प्रमुख संजय मिश्रले जानकारी दिनुभयो ।

५ अर्ब ५० करोडको लागतमा बारा जिल्लाको पथलैया, परवानीपुर, गण्डक, बहुवरी, ड्राईपोर्ट हुँदै सुक्खा बन्दरगाहा सम्म ३२ किलोमिटर सडकखण्डमा २५ मिटर दायाँ र बायाँ सडक बनाउनु पर्नेछ । अहिलेसम्म आयोजनाले औसतमा ६५ प्रतिशत काम मात्र सम्पन्न गरेको छ ।

२०७५ साल असार सम्ममा सडक निर्माण गरि सक्नुपर्ने आयोजनाले लक्ष्य राखेको थियो । यो लक्ष्य पुरा नभएपछि आयोजनाले ठेक्कदार कम्पनीहरुको म्याद थप गर्दै २०७७ साल पुस मसान्तसम्म पुर्याएको छ । ब्यापारिक मार्गको काम चाडै सकाउने उदेश्यले सड्क निर्माणको कामलाई बाँडेर बेग्ला बेग्लै ठेक्दारलाई दिएको थियो ।

ठेक्कदार कम्पनीहरु मध्ये पप्पु कन्स्ट्रक्सन र शर्मा युनाईटेड बिल्र्डसले ठेक्का सकारेका कामहरुको प्रगति सबैभन्दा कमजोर छ । पप्पुले हरपतगंज देखि सुक्खा बन्दरगाहा सम्मको सडक निर्माणको काम सकारेको छ भने शर्मा युनाईटेडले बाराको जितपुरमा सडक निर्माणको काम सकारेको छ । यो दुबैको कार्य प्रगती ४५ प्रतिशत हाराहारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button