तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा क्वारेन्टिनबाट घरफर्केका १ जनाको मृत्यु


बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा आरडिटी जाँचमा नेगेटिभ रिपोर्ट आएर घर फर्केका एक जनाको मृत्यु भएको छ । हिजो बिहीबार आरडिटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको बारबर्दिया नगरपालिका वडा नं. ३ का एक ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । उहाँ १५ दिन अघि काठमान्डौँ बाट आई वडा नम्बर ३ कै खुरखुरे बालबिकास केन्द्र क्वारेन्टिनमा बस्नु भएको थियो ।

आरडिटी जाँचमा नेगेटिभ रिपोर्ट आएपछि असार ४ गते मात्र उहाँ एकहप्ता होम क्वारेन्टिनमा बस्ने गरि घर जानु भएको थियो । गएराती उहाँको स्वास्थ्य समस्या आएपछि उपचारका लागि एम्बुलेन्समा अस्पताल लैजादै गर्दा बाटोमा नै मुत्यु भएको बारबर्दियाका नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिनुभयो ।

उहाँको के कारणले मुत्यृ भएको हो भन्ने खुलेको छैन । कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना परिक्षणको रिपोट नआउदा सम्म उहाँको सब बर्दिया अस्पतालमा राखिने बारबर्दिया नगरपालिकाका स्वास्थ्य संयोजक डिल्लीराज शर्माले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button