तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ४१ जना कोरोना सङ्क्रमित डिस्चार्ज

नेपालगन्ज  । बाँकेमा आज ४१ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

जानकी गाउँपालिका वडा नम्बर १ स्थित जोगा गाउँ स्कुलमा बनाइएको आइसोलेसनमा बसेका ४१ जनालाई १५ औँ दिनमा घर पठाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उनीहरू मध्ये ४० जना जानकी गाउँपालिका वडा नम्बर १  र एक जना नेपालगन्ज १२ का बासिन्दा हुन् । यो सँगै बाँकेमा कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या दुई सय ५० पुगेको छ ।

जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या तीन सय २७ पुग्दा दुई जनाको भने करोनाका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button