तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी महिलालाई कुखुराको भाले र गेडागुडी कोसेली

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नम्बर ८ लामोसाँघुले सुरु गरेको सुत्केरी भेटघाट कार्यक्रम निकै प्रभावकारी बनेको छ । वडाले ‘सुत्केरी भेटघाट तथा सचेतना कार्यक्रम’ नै बनाएको छ ।

सुत्केरी भएको एक हप्ता भित्र जनप्रतिनिधि र स्वास्थ्यकर्मी सुत्केरीको घरमै कुखुराको भाले च्यापेर पुग्ने गरेका छन् । सुत्केरी भेटघाट गर्न पुगेका जनप्रतिनिधि परिवारका सदस्यसँग आर्थिक, पारिवारिक र सामाजिक कुरा गर्छन् । अनि स्वास्थ्यकर्मी चाँहि सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्छन् । खानपानको अवस्था बुझेर आवश्यक सरसल्लाह दिने गरेको वडाध्यक्ष चरिबहादुर तामाङले बताउनुभयो ।

वडा कार्यालयले स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्ने र वडामै बसोबास गर्ने सुत्केरी महिलाहरुलाई घर—घरमै कोसेली पुर्याउने गरेको छ । कोसेली स्वरुप एउटा कुखुराको भाले, एक किलो चना, एक पाकेट आयोडिन नुन, नवजात शिशुका लागि नुहाउने साबुन सहितको ‘बेवि सेट’ सुत्केरी महिलाको घरमै पुर्याउने गरिएको हो ।

चालु आर्थिक वर्षको यो अवधिमा मात्रै २५ जनाको हाराहारीमा वडाभित्रका सुत्केरी महिलालाई कोसेली उपलब्ध गराइएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button