२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी, एक हजार ३८८ को मृत्यु

रेडियो नेपाल २०७७ असार ५ गते १७:२१

ढाका – बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुने विरामीको सङ्ख्या तीन हजार २४३ पुगेका स्वास्थ्य मन्त्रालय स्रोतले शुक्रबार जानकारी गराएको छ ।

बङ्गलादेशमा अघिल्लो दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार ८०३ रहेको थियो ।

“पछिल्लो तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार ५३५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार ३८८ पुगेको छ,” स्वास्थ्य मन्त्रालयका उच्च नसिमा सुल्तनाले बताउनुभयो ।

“विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार २४३ पुगेको छ भने ३२ पुरूष र १३ महिला गरी सङ्क्रमितको मृत्यु भएको छ,” उहाँले भन्नुभयो ।

बङ्गलादेशमा विगत २४ घण्टामा देशभर कूल १५ हजार ४५ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण गरिएको थियो ।

यो समयमा दुई हजार ७४१ जना निको भई घर फर्किएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या ४२ हजार ९४५ पुगेको छ । रासस/सिन्ह्वा

सम्बन्धित

मौसममा आजदेखि सामान्य सुधार हुने

१ घन्टा अगाडि रेडियो नेपाल

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

१ घन्टा अगाडि रेडियो नेपाल