तपाईँ सुन्दै हुनुहुन्छः

युरोपियन च्याम्पियनसिप खेलकुदमा चार नयाँ खेल समावेश

काठमाडौं । सन् २०२२ मा हुने युरोपियन च्याम्पियनसिप खेलकुद प्रतियोगितामा चार नयाँ खेलहरुलाई समावेश गरिएको छ । तर, अझैपनि सो च्याम्पियनसिपमा पौडीले भने स्थान पाउन सकेन ।

२०२२ को अगष्ट ११ देखि २१ तारिखसम्म हुने च्याम्पियनसिपमा यसअघि मात्र पाँच वटा खेलहरु सहभागि थिए । जसमा एथ्लेटिक्स, साइक्लिङ, जिम्नास्टिक, रोइंग र ट्रायथलन थियो ।

अब अरु चार खेल विधा थपिएका छन । जसमा बीच भलिबल, केनो स्प्रिन्ट, स्पोर्टस क्लाइम्बिङ र टेबल टेनिस रहेका छन ।

जर्मनीको म्युनिखमा हुने च्याम्पियनसिपका लागि सबै तयारी अहिले नै पुरा भएका छन । यो च्याम्पियनसिपमा ५० देशका ४४ सय भन्दा बढी खेलाडी आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button