तपाईँ सुन्दै हुनुहुन्छः

मापदण्ड पालना गरेर मात्रै व्यवसाय सञ्चालन गर्न आग्रह

भुवनप्रसाद आचार्य । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरू सञ्चालन गर्ने आफू मातहतका व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक अपिल सार्वजनिक गर्दै सम्पूर्ण उद्योगी व्यवसायीलाई मापदण्ड पालना गर्न आग्रह गर्नुभएको हो ।

कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले त्यसलाई जोगाउनका लागि पनि उद्योग–व्यवसाय खोल्नै पर्ने भएकाले सबैले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।

न्यूनतम सामाजिक दूरी कायम गर्ने, माक्स अनिवार्य गर्ने, सबैले छुने ठाउँमा सकभर नछुने, सानिटाइजर वा साबुन पानीले समयसमयमा हात धुने लगायतका सावधानी अपनाउन समेत महासङ्घले उद्योगी–व्यवसायी तथा ग्राहकलाई अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button